default_image

5 years ago

January 7, 2020

चन्द्रागिरी अन्तिम चारमा

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका काठमाडौं प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गतको महिलातर्फ सेमिफाइनलमा पुग्न सफल भएका छन् । ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा मंगलबार भएको क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै चन्द्रागिरी समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पराजित ललितपुर उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट ललितपुरले २५–१४ ले आफ्नो पक्षमा पार्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट चन्द्रागिरीले २५–२१ आफ्नो पक्षमा पारेपनि चौथो सेट १८–२५ ले गुमाएपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो ।

निर्णायक सेटमा चन्द्रागिरी १५–११ ले विजयी हुन सफल भयो । चन्द्रागिरीमा अधिकांश न्यु डायमन्डका खेलाडी सम्मिलित छन् । ललितपुरले दाङ र पोखराबाट खेलाडी समेटेर टोली बनाएको छ । चन्द्रागिरीले ५ तथा ललितपुरले ४ अंक जोड्यो । बनेपा र गुप्तेश्वरले समूह चरण पार गन सकेनन् ।
अर्काे खेलमा गोकर्णेश्वर नगरपालिकाले टोखालाई तथा हैटौडाले विदुर नगरपालिकालाई समान ३–० कै सोझो सेटमा पाखा लगायो । हेटौडाले जित निकाले पनि अघिल्लो चरणको यात्रा तय गर्न सकेनन् । गोकर्णेश्वर ९ अंक जोडेर समूह ‘बी’ को विजेता तथा ६ अंक जोडेको विदुर उपविजेता बन्दै अघि बढ्दा टोखा र हेटौडा बाहिरियो ।

सेमिफाइनलमा चन्द्रागिरी र विदुर नगरपालिका तथा ललितपुर र गोकर्णेश्वरबीच खेल हुनेछ । यस्तै पुरुषतर्फ क्वाटरफाइनल समिकरण पुरा भएको छ । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् । यस्तै चौंथोले २५ हजार पाउने तथा सेमिफाइनलमा पुग्ने टिमले १५–१५ हजार पाउने छन् । सर्वोकृष्ट खेलाडीले १० हजार रुपैया व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५–५ हजार पाउने छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.