5 years ago
January 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय महिला टोलीबाट कात्तिकमा डेब्यू गरेकी निरुता ठगुन्ना झन्डै ८ महिनापछि घरेलु भलिबलमा फर्कने भएकी छिन् । यसपटक उनी महिला घरेलु भलिबलमा सबैभन्दा सफल टोली नेपाल एपिएफबाट कोर्टमा उत्रने तयारीमा रहेको बताइएको छ । न्यू डायमण्ड क्लबको आयोजनामा बुधबार सुरु हुने होङ्गान्जी न्यू डायमण्ड महिला भलिबलमा उनी एपिएफको जर्सीमा कोर्टमा उत्रने छिन् ।
‘निरुता केहि समययता हामी कहाँ नियमित प्रशिक्षणमा छिन्,’ एपिएफ श्रोतले भन्यो, ‘उनी क्लबमा आबद्ध भइसकेकी छिन् । सबै प्रक्रिया पुरा गरिसकेकी छिन् । न्यू डायमण्ड कपबाट उनी घरेलु भलिबलमा फर्कने सम्भावना छ ।’ जेठमा त्रिभुवन आर्मी क्लब छाडेदेखि निरुता घरेलु भलिबलमा छैनन् ।
निरुता कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियाली सेन्ट्रल जोनको स्वर्ण पदक विजेता राष्ट्रिय टोलीमा थिइन् । सोही प्रतियोगितामार्फत उनले राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन् । गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक जित्ने टोलीमा पनि थिइन् । निरुताले घरेलु कारण देखाउँदै जेठमा आर्मी छाडेकी थिइन् । त्यति बेला उनले घरायसी समस्या र व्यक्तिगत कारणले आर्मी छाड्नुपरेको बताएकी थिइन् ।
दुई वर्षयता निरुता आर्मीको टोलीकी महत्वपुर्ण ओपन स्पाइकर रहेकी थिइन् । वैशाखमा शेरबहादुर खड्का मेमोरियल खुल्ला महिला भलिबल प्रतियोगितापछि उनले आर्मी छाड्ने निर्णय गर्दै राजिनामा बुझाएको बताएकी थिइन् । दार्चुलाकी २१ वर्षीय निरुता २०७३ को सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै भलिबलमा प्रवेश गरेकी हुन् ।
सोही वर्ष तत्कालिन आर्मीका भलिबल प्रशिक्षक जगदिश भट्ट र लोकेश बुढाको पहलमा उनी आर्मीमा करारमा नियुक्त भएकी थिइन् । एकवर्षे करारपछि उनी आर्मीका स्थायी जागिरे भएकी थिइन् । दुई वर्षे अवधिमा आर्मीको महिला टोलीलाई स्तरीय बनाउनमा उनको महत्वपूर्ण भूमिका रहेको विश्वास गरिन्छ ।
निरुताले पछिल्लोपटक आर्मीबाट शेरबहादुर खड्का मेमोरियल भलिबल प्रतियोगिता खेल्दै विशेष सम्मान पनि पाएकी थिइन् । त्यसअघि निरुताले प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिनिधित्व गरेकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]