5 years ago
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका स्टार खेलाडी मानबहादुर श्रेष्ठ हाल माल्दिभ्सको लिगमा व्यस्त छन् । उनी लगातार दोस्रो सिजन माल्दिभ्स लिग खेल्ने क्रममा गुडिस क्लबबाट खेलिरहेका छन् ।
नेपालमा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ सम्मिलित गुडिस स्पोर्ट्स क्लबले सोमबार दोस्रो राउन्डमा दोस्रो जित निकालेको छ । मानबहादुरले उक्त जित नेपालमा रहेकी आफ्नो छोरीलाई समर्पित गरे । लगातार दोस्रो वर्ष भलिबल खेल्नकै कारण देशबाहिर रहेका उनले छोरीको जन्मदिन मनाउन पाएनन् ।
‘ आजको जित छोरीलाई जन्मदिनको उपहारको रुपमा सुम्पेको छु । भलिबल खेल्नकै कारण लगातार दोस्रो वर्ष छोरीको जन्मदिन मनाउन पाइएन,’ उनले हाम्रोखेलकुदसँग भने, ‘ खेलाडी भएपछि बिरलै आउने यस्तो अवसर छोड्ने कुरा पनि भएन । अब नेपाल फर्किएर जन्मदिन मनाउने योअजना बनाएको छु ।’ मानबहादुरले पूर्व भलिबल खेलाडी लिसा थापासँग प्रेम विवाह गरेपछि दुई वर्षअघि पुत्रीलाभ भएको थियो ।
माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा सोमबार भएको दोस्रो राउन्डको अन्तिम खेलमा स्पोर्ट्स क्लब सिटीलाई सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा गुडिसले २५–१३, २५–१२ र २५–१५ को सहज जित निकाल्यो । गुडिसको समग्रमा यो पाँचौ जित हो । गुडिसले ७ खेलमध्ये ५ र जित र दुई खेलमा हार बेहोर्यो ।
जितसँगै गुडिसले दोस्रो राउन्डमा तेस्रो भएको छ । अब गुडिसले सेमिफाइनल प्रवेशका लागि पुनः स्पोर्ट्स क्लब सिटीसँग नै खेल्नेछ ।
त्यसपछि फाइनल प्रवेशका लागि धिवेही सिफेंगे क्लब र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनलमा पराजित र दोस्रो इलिमेटरबीचको विजेताले शुक्रबार पुनः फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।
मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् ।
डिसेम्बर २५ देखि शुरु भएको माल्दिभ्सको लिगमा पहिलो राउन्डमा ५ तथा दोस्रो राउन्डमा चार टोलीले प्रतिस्पर्धा गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]