5 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सरकारले निर्णय गरेको भलिबल नै राष्ट्रिय खेल रहने सम्भावना बढेको छ । संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सर्वसम्मतिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने सोमबार निर्णय भएको समितिका सदस्य जीवनराम श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए ।
राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभा हुँदै थप छलफलका लागि समितिमा पठाइएको थियो । ‘ समितिमा पदेनबाहेक २३ सदस्यीय छौं,’ नेकपा संघिय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठले भने,‘ सर्व सम्मतिले भलिबललाई राष्ट्रिय खेल राख्ने निर्णय भएको छ ।’
श्रेष्ठका अनुसार विधेयक पुनः राष्ट्रिय सभामा जाने त्यहाँ अनुमोदन भएपछि संघिय संसदमा जानेछ । संघिय संसदले पास गरेपछि त्यसले ऐनको रुप लिनेछ । पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७४ साल जेठ ८ गतेको मन्त्रीपरिषद् बैठकले भलिबलाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
सरकारले देशको भौगोलिक अवस्था, कम खर्च र लोकप्रिय खेल भएकाले भलिबलाई राष्ट्रिय खेलकुदको मान्यता दिएको थियो । जेठ ८ गतेलाई नेपाल भलिबल संघले भलिबल दिवसका रुपमा मनाउँदै आएको छ । संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले निर्णयका लागि समितिलाई धन्यवाद दिएका छन् ।
‘हामीले देशको माटो सुहाउँदो खेल र कम खर्चमा देशै भर खेल्न सकिने खेल भएकै कारण राष्ट्रिय खेलको मान्यताका लागि पहल गरेका थियौं,’ अध्यक्ष शर्माले स्मरण गरे,‘त्यहि अनुसार तत्कालिन सरकारले भलिबललाई राष्ट्रिय खेलकुदको मान्यता दिएको थियो । आज फेरि विधेयकका रुपमा सोहीलाई निरन्तरता दिने समितिले निर्णय गरेको खबरले अत्यन्तै खुसी लागेको छ, यसलाई शब्दमा मात्र बयान गर्न गाह्रो छ । भलिबल परिवारकातर्फबाट हामी उहाँहरु सबैर्ला धन्यवाद दिन चाहन्छौं ।
नेपालको भलिबलले पछिल्लो समय अझ खास गरि महिला भलिबल टोलीले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । कात्तिकमा एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको नेपाली टोलीले गत महिना स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । साग इतिहासमा नेपालको महिला टोलीले रजत जितेको त्यो पहिलो पदक थियो
।
भलिबल राष्ट्रिय खेल घोषणा हुनुअघि पुरुष टोलीले एभिसी सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । ४ दशक भन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालको पुरुष भलिबल टोलीले पदक जितेको त्यो पहिलो पटक थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]