default_image

9 years ago

July 1, 2016

नवयुगसहित ५ खेलाडी पिपल्स च्वाइसको मनोनयनमा

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका स्टार नवयुग श्रेष्ठसहित अलग अलग खेलका पाँच खेलाडी पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेको छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ अन्तर्गतको एसएमएस भोटिङ र फेसबुकमार्फत पिपल्स च्वाइस अवार्डको विजेता चुनिनेछ । फेसबुकमा ४ वटा लाइकलाई १ एउटा एसएमएस भोट बराबर मानिने मञ्चले जानकारी दिएको छ ।

विगतमा लोकप्रिय खेलाडी नाम रहेको अवार्डलाई यसपटक पिपल्स च्वाइस नाम दिइएको मञ्चले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नवयुगसँगै भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली मनोनयनमा परेका छन् । खेलाडीको कोडसहित टिएचटी लाइभको ३३१३१ मा एसएमएसमार्फत भोटिङ गर्न सकिनेछ ।
साउन ६ गते प्रजा भवनमा आयोजना हुने पल्सर स्पोर्टस अवार्डका दिन पिपल्स च्वाइस अवार्ड विजेता घोषणा गरिनेछ । अवार्डमा बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाईस अवार्ड, बर्षका पारा खेलाडी, स्पेशल र लाइभ टाइम एचिभमेन्ट गरि ८ विधामा अवार्ड दिइनेछ । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपल्स च्वाइसको विजतोले पल्सरको अवार्डसहित पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेता समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Nawayug

नेपाली राष्ट्रिय फुटबल टोलीले गत बर्ष दुई ठूला सफलता हासिल गर्दा नवयुगको भूमिका महत्वपूर्ण रहेको थियो । ढाकामा भएको बंगबन्धु गोल्डकप जित्दै राष्ट्रिय टोलीको उपाधिको खडेरीलाई २३ बर्षमा टुंग्याएको थियो । नेपाली टोलीले दक्षिण एसियाली खेलकुदमा पनि २३ बर्षपछि नै स्वर्णपदक जित्यो । दुवै उपाधिका नायक हुन् नवयुग श्रेष्ठ ।

राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गर्दै राष्ट्रिय टोलीमा अवसर पाएका उनले डेब्यू गरेकै बर्ष २०७२ को अन्तर्राष्ट्रिय फुटबलमा ३ ह्याट्रिकसहित ११ गोल गरे । बंगबन्धुको सेमिफाइनलमा माल्दिभ्सस“ग ह्याट्रिक र गरेका उनले फाइनलमा बहराइन यू २३ विरुद्ध ३—० को जितमा पनि एक गोल गरेका थिए । यसमा उनी सर्बोत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ता भए ।

गुवहाटीमा भएको १२ औं सागमा समूह चरणमा भुटान र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक तथा फाइनलमा भारतस“ग निर्णायक गोल गरेका थिए ।

पहिलोपल्ट दक्षिण एसियाली खेलकुदमा महिला भारोत्तोलनसमावेश गरिदा तारादेवी पुनले नेपाललाई कांस्यपदक दिलाइन् । उनले ७५ केजीमाथिको स्पर्धामा १२ औं सागमा उक्त पदक हात पारेकी थिइन् । म्याग्दीकी ३३ बर्षीय उनले थाइल्यान्डको फुकेटमा भएको २६ औं महिला एसियाली भारोत्तोलन च्याम्पियनसिपमा तीन राष्ट्रिय पनि कीर्तिमान बनाएकी थिइन् ।

people

नेपाल प्रहरीकी उनले २०५८ पुसदेखि भारोत्तोलनमा प्रतियोगितामा सहभागि भएयता घरेलु प्रतियोगितामा स्वर्णपदक कहिल्यै गुमाएकी छैनन् । उनले दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

चितवनका १६ बर्षीय लेग स्पिनर सन्दीप लामिछानेले ६ खेलमा १४ विकेट लिदै नेपाललाई पहिलोपल्ट अन्डर १९ विश्वकप क्रिकेटको क्वाटरफाइनल पु¥याउन महत्वपूर्ण योगदान गरेका थिए । बंगलादेशमा सम्पन्न विश्वकपको समूह चरणमा आयरल्यान्डस“ग १ ह्याट्रिकसहित ५ विकेट लिएका उनी प्रतियोगितामा सर्बाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । न्युजिल्याण्ड, भारत, बङ्गलादेश र पाकिस्तानस“ग पनि उत्कृष्ट प्रदर्शन गरेका विश्वका चर्चित् मिडियाले उनलाई अस्ट्रेलियन लिजेन्ड शेन वार्नस“ग तुलना गरेका थिए । उनी अहिले राष्ट्रिय टिमकै महत्वपूर्ण सदस्य भइसकेका छन् ।

नेपाली टेबलटेनिसमा सात बर्षयता अपराजित खेलाडी हुन्, नविता श्रेष्ठ । लगातार पा“चौंपल्ट राष्ट्रिय च्याम्पियन भएकी उनले १२ औं सागमा एलिना महर्जनस“ग मिलेर वुमेन्स डबल्समा नेपाललाई कांस्यपदक दिलाएकी थिइन् ।

THT

nabita

parbati

क्वाललम्पुरमा भएको विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा ५९ औं वरीयताको इस्टोनिया र पाकिस्तानमाथि नेपाले हात पारेको जितमा उनकै प्रदर्शन मुख्य थियो । त्यसमा उनले २—२ खेल जितेकी थिइन् । कंगो र अल्जेरियास“ग नेपाल हारेको खेलमा पनि उनले १—१ खेल जितेकी थिइन् । चीनमा भएको विश्व टेबलटेनिस च्याम्पियनसिपको वुमेन्स सिंगल्समा पनि उनले भेनेजुएला र पाकिस्तानी खेलाडीलाई पराजित गरेकी थिइन् । दक्षिण कोरियामा सम्पन्न २८ औं युनिभर्सियाड गेम्समा अल्जेरिया सिएरा लियोनका खेलाडीलाई पन्छाउदै उनले नकआउट चरणको यात्रा तय गरेकी थिइन् । उनी ठूलै फड्को मार्दै विश्व वरीयतामा ४ सय २९ औं स्थनमा पुगेकी छन् ।
नेपाली महिला भलिबल टिमलाई १२ औं सागमा कांस्यपदक दिलाउन प्रतीभा मालीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । काठमाडौंकी १५ बर्षीय उनी न्यू डाइमन्ड एकेडेमीबाट खेल्छिन् । २०७२ सालमा न्यू डाइमन्डले सहभागि ५ प्रतियोगितामध्ये चारमा पाmइनल पुगेको थियो । न्यू डायमन्डका मुख्य खेलाडी उनी नै हुन् ।

तीजको अवसरमा पोखरामा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधिमा न्यू डाइमन्डले ह्याट्रिक गर्दा प्रतीभा पनि लगातार तेस्रँेपल्ट सर्बोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । अघिल्लो बर्ष दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेता हुदा उत्कृष्ट खेल देखाएकी उनी यो बर्ष ३ प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी र दुईमा बेस्ट स्पाइकर भएकी थिइन् ।

मनोनयमा परेका खेलाडीलाई भोट गर्ने तरिका

नविता श्रेष्ठलाई भोट गर्न
To Vote Type:- PULSAR <space>NS and send SMS to 33131

नवयुग श्रेष्ठलाई भोट गर्न
To Vote Type:- PULSAR <space>NY and send SMS to 33131

तारादेवी पुन (भारोत्तोलन)
To Vote Type:- PULSAR <space>TP and send SMS to 33131

सन्दीप लामिछानेलाई भोट गर्न
To Vote Type:- PULSAR <space>SL and send SMS to 33131

प्रतीभा मालीलाई भोट गर्न
To Vote Type:- PULSAR <space>PM and send SMS to 33131

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.