5 years ago
January 4, 2020
ललितपुर (हाम्रो खेलकुद)- आयोजक ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले शनिबारदेखि सुरु भएको प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पहिलो खेलमा ललितपुर महानगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै वियजी सुरुवात गरेको हो ।
यस्तै कागेश्वरी मनहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई ३–० को सोझो सेटमा हरायो । तेस्रो खेलमा गोदावरीले धुलिखेल नगरपालिकालाई ३–० को सोझो हरायो । ललितपुरककै गोदावरी नगरपालिकाले धुलिखेललाई ३–० को सोझो सेटमा हरायो । महिलातर्फ पहिलो दिन कुनै पनि खेल हुन सकेन । बनेपा नगरपालिकाले गुप्तेश्वर नगरपालिकाबाट वाक ओभर पायो । चन्द्रागिरी नगरपालिका र आयोजक ललितपुर महानगरपालिकाको खेल वर्षाका कारण शुरु हुन सकेन ।
प्रतियोगितामा पुरुषतर्फ १३ र महिलाको ८ गरी २१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश ३ को महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिको टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभागीय टिम र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले भने सहभागिता जनाउन नपाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैया पाउनेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले क्रमश ५–५ हजार पाउने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]