5 years ago
January 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा चौथो तथा दोस्रो राउन्डमा पहिलो जित निकालेको छ ।
माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शुक्रबारदेखि भएको दोस्रो राउन्डको पहिलो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । पहिलो राउन्डमा गुडिसले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो र दोस्रो सेट गुडिसले २२–२५ र १८–२५ ले गुमाएको थियो । तर, त्यसपछि को तीनै सेट गुडिसले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट गुडिसले २७–२५ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएका थिए । चौथो सेट गुडिसले २५–२३ ले अफ्नो पक्षमा पारेपछि खेल बराबरीमा पुग्दै पाँचौ सेटमा धकेलिएको थियो । पाँचौ सेटमा पनि गुडिसले १५–१३ ले खेल जित्दै पूनरागमन जित निकाल्न सफल भयो । गुडिसको जितमा श्रीलंकन गायनले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
अब दोस्रो राउन्डको दोस्रो खेलमा गुडिसले शनिबार स्पोधिवेही सिफेंगे क्लबसँग खेल्नेछ । मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् ।
दोस्रो राउन्डमा शीर्ष चार टोलीले खेल्नेछन् । त्यसपछि वरियताका आधारमा चारै टोलीले सेमिफाइनल खेल्नेछन् । दोस्रो राउन्डको पहिलो र दोस्रो टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् । विजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । पराजित टोलीले तेस्रो र चौथोबीचको विजेतासँग पुनः सेमिफाइनल खेल्ने अवसर पाउनेछ । विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ ।
माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]