default_image

5 years ago

January 2, 2020

महानगर कप भलिबल शनिबार सुरु हुने

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ का नगरपालिकाको सहभागितामा महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबार सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा हुन लागेको महागनर कपमा प्रदेश ३ का महानगर, उपमहानगर र नगरपालीका टोलीले मात्रै सहभागि हुन पाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

ललितपुर महानगरपालिकाको आयोजना तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापनमा हुने प्रतिायोगितामा राष्ट्रिय टोलीका खेलाडी र तीन विभागका खेलाडीले भने भाग लिन पाउने छैनन् । नयाँ प्रतिभाशाली खेलाडी पहिचानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

गत वर्षनै भलिबल आयोजना गर्ने निर्णय भएपनि समय अभावका कारण सम्भव नभएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । खेलकुद विकासका लागि महानगर सधै सकारात्मक रहेको उल्लेख गर्दै उनले भने,‘ हामीले यो महानगरका ए डिभिजन क्लबलाई हरेक वर्ष सहयोग गर्दै आएका छौं । एउटा उपाधि वा ट्रफी जितेमा ४ लाख रुपैयाँ दिने निर्णय गरेका छौं । त्यस्तै १३ औं सागका हाम्रा महानगरका खेलाडीलाई केहि दिन अघि मात्र नगदले सम्मान गरेका थियौं ।’

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले नयाँ खेलाडी उत्पादनका लागि यो प्रतियोगिता सहयोगी हुन सक्ने विश्वास व्यक्त गरे । प्रतियोगिताका संयोजक एवंम महानगरका सामाजिक विकास समितिका संयोजक दीनेश कार्कीले यो प्रतियोगितालाई प्रयोगका रुपमा हेरिएको र सफल भएका अर्को वर्षपनि सोच्न सकिने बताए ।

पुस २५ गते सम्पन्न हुने प्रतियोगिताका दुवैतर्फका विजेता टोलीले २ लाख, दोस्रो टोलीले १ लाख, तेस्रोले ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दुवै उत्कृष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन, सरभर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको महिलातर्फ ८ र पुरुषतर्फ १३ टोलीको सहभागिता रहेको बताइएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको महिलातर्फ ललितपुर महानगरपालिका, हेटौडा उप महानगरपालिका, बनेपा, टोखा, चन्द्रागिरी, गुप्तेश्वर, गोकर्णश्वर नगरपालिका र विदुर नगरपालिकाको सहभागिता रहनेछ ।

ललितपुर महानगरपालिकासहित बनेपा, टोखा, महालक्ष्मी, गोदावरी, पनौती, धुलीखेल, भक्तपुर,कीर्तिपुर, कमला माई, गोकर्णश्वर,कागेश्वरी मनहरा र चौतरा सांगा गडी नगरपालिकाले पुरुषतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.