default_image

5 years ago

December 29, 2019

तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना आयोजना हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आयोजना हुनेछ ।  प्रतियोगिताको लागि गत वर्ष नै होङ्गवान्जी बौद्ध समाजले एक वर्षको लागि मुख्य प्रायोजन गरिसकेको थियो । होङ्गवान्जी बौद्ध समाजले प्रतियोगिताको लागि १५ लाख उपलब्ध गराउनेछ । पहिलो संस्करण शिवम् सिमेन्टको मुख्य प्रायोजनमा तथा दोस्रो संस्करण होङ्गग्वान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा भएको थियो ।

प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने र यसबारे अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने न्यु डायमन्ड स्पोर्ट्स क्लबका उपाध्यक्ष एवंम् प्रतियोगिता संयोजक कुमार राईले जानकारी ।

तेस्रो संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको छ । जसअनुसर प्रतियोगिताको विजेताले नगद ४ लाख १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ३ लाख १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले ५१ हजार १ सय १ रुपैयासहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७–७ हजार १ सय रुपैयासहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको अनुमानित खर्च करिव २६ लाख रुपैया रहेको छ । पहिलो संस्करणमा आयोजक न्यु डायमन्ड तथा दोस्रो संस्करणमा विभागीय नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.