5 years ago
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्ण पदक विजेता फुटबलका गोलकपिर विकेश कुथु तथा करातेका अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै करोतका प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई पनि सम्मान गरिएको छ ।
विकेशलाई दोसल्ला र सम्मानपत्र र मायाको चिनोले तथा अन्य खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला र मायाको चिनोले सम्मानित गरेको हो ।
विकेशको सम्मानपत्रमा १२औं र १३औं सागमा स्वर्णपदक विजेता, बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको र नेपाली फुटबललाई नयाँ उचाईमा पु¥याउन योगदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सफलताको कामना गरिएको छ ।
उनीहरुलाई किन्ड गार्डेनका प्रिन्सिपल कुमुद भट्ट, निर्देशक इन्दिरा चौलागाई र अध्यक्ष चण्डिका प्रसाद भट्टले सम्मानित गरे । सातौ खेलकुद दिवसमा विभिन्न ३० इभेन्ट्समा १ सय ७५ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]