5 years ago
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गत महिना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार सम्मान गरेको छ ।
सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका थिए । करातेमा महशुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।
शिलु डंगोलले उसु, माया स्याङतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत पदक जितेका थिए । त्यस्तै कांस्य पदक जित्नेमा करातेमा रिता कार्की, उसुमा हरिप्रसाद गोले, खो खोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकाश लामा छन् ।
खेलाडीलाई पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, रोज बहिनी ग्रुप अफ कम्पनीका संरक्षक तथा मकवानपुरे समाजका सल्लाहकार माधवप्रसाद भण्डारी, मकवानपुरे समाजका अध्यक्ष अरुणकुमार गुरुङलगायतले सम्मान गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]