5 years ago
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका भरपर्दा सदस्य हरि अधिकारी शनिबार सम्मानित भएका छन् ।
मिडल ब्लकर हरिलाई काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानले शनिबार सुनसरीमा सम्मान पत्रले सम्मानित गरेको हो । सम्मानपत्रमा अधिकारीले नेपालको राष्ट्रिय खेल भलिबलबाट देशको प्रतिनिधित्व गरेर देशको शिर उचो पारेको उल्लेख छ ।
उनलाई प्रमुख अतिथि नरेन्द्र कुमार अधिकारी, काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका अध्यक्ष शान्ति बहादुर अधिकारी र सचिव लिलाराज अधिकारीले सम्मानित गरे । २०७१ देखि विभागीय त्रिभुवन आर्मी क्लबको भलिबल टोलीको महत्वपुर्ण सदस्य रहेका हरि २०७३ देखि लगातार राष्ट्रिय टोलीमा रहेका छन् । उनी नेपाली पुरुष भलिबल टोलीले ऐतिहासिक कास्य पदक जित्दाका सदस्य समेत हुन् ।
माल्दिभ्समा सम्पन्न भएको एभीसी एसियन सेन्ट्रल जोनमा नेपाली पुरुष भलिबल टोलीले ऐतिहासिक कास्यपदक हात पारेको थियो । उनले सेन्ट्रल जोनको तीन संस्करणसँगै २०१८ मा इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा भएको एसियन गेम्स खेलेका थिए । उनकै उच्च प्रदर्शनमा आर्मीले पछिल्लो तीन वर्षका दर्जनौ प्रतियोगिता जित्न सफल भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]