10 years ago
August 8, 2015
नेपाल आर्मी क्लबले फेन्सिङ खेलको प्रशिक्षण शुरु गरेको छ । शुक्रबार औपचारिक रुपमा प्रदर्शन खेल गर्दै फेन्सिङ खेलमा खेलाडी छनोट गरेको हो ।
नेपाल फेन्सिङ संघले शुक्रबार नै नेपाल आर्मी क्लबलाई फेन्सिङ सामाग्री हस्तान्तरण गर्यो । आर्मी क्लबमा फेन्सिङ खेलका खेलाडी उत्पादन गर्ने भएपछि शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै संघले आर्मीलाई फेन्सिङ खेलका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको हो ।
फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले नेपाल आर्मीका कर्णेल रामकाजी रानामगरलाई फेन्सिङ सामाग्री प्रदान गरे । सो अवसरमा संघका महासचिव सुजनलाल श्रेष्ठ र सचिव हेल्गा राणा रायमाझीको उपस्थिति थियो ।
शुक्रबार नै लगनखेलस्थित आर्मी क्लबमा नेपाल आर्मीका खेलाडीहरु फेन्सिङको पदर्शन खेल सहभागी भए । २५ खेलाडीले पदर्शनी खेलमा सहभागीता जनाएका थिए । त्यसैगरि आर्मीले पहिलो चरणमा १५ महिलालाई समेत फेन्सिङ खेलको ट्ेरनिङ्ग दिने भएको छ । फेन्सिङका प्रशिक्षक अविशेक कार्की र संजिव लामाले आर्मीका खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षण दिने छन् ।
विभागीय टिममा खेल प्रवेश गरेरपछि त्यो खेल दिर्घायु हुने संघका अध्यक्ष सुनिल श्रेष्ठले बताए । ‘विभागीय टिम नेपाली खेलकुदको ब्याकबोन हो । आर्मीबाट उत्कृष्ट खेलाडी उत्दापन हुने विश्वास छ ।’ श्रेष्ठले भने ।
एपिएफ क्लबमा अगाडी देखि नै फेन्सिङ खेल खेलिन्छन् । त्यसैगरि पोखरा, शिवपुरी स्कुल र धापासीमा नियमित रुपमा फेन्सिङ खेलको प्रशिक्षण हुने गरेमो महासचिव सुजनलाल श्रेष्ठले बताए । पछिल्लो समय फेन्सिङ खेल नेपालमा लोकप्रिंय हुादै गएको संघको दावी छ । खेललाई अन्य क्षेत्र र जिल्लामा पनि विस्तार गर्ने संघको योजना रहेको महासचिव श्रेष्ठले बताए । भर्खरै कोरियामा सम्पन्न युनिभर्सियाडमा नेपाली फेन्सिङ खेलाडीले उत्कृष्ट पदर्शन गरेका थिए । मंसिरमा पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि पहिलो पटक फेन्सिङ खेल समावेशी हुने बताइन्छ । त्यसका लागि पनि आर्मीले ट्ेरनिङ्गलाई नियमितता दिने भएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]