default_image

5 years ago

December 27, 2019

मानबहादुर सम्मिलित गुडिसको हार

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पहिलो हार बेहोरेको छ । 

माल्दिभ्सको मालेस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब दिहेवी सिफेंगे क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो । शुक्रबार गुडिस दिहेवी सिफेंगे क्लबसँग २५–१७, २५–१९ र २५–२१ को सोझो सेटमा पराजित हुन पुगेको हो ।

यसअघि गुडिसले स्पोर्ट्स क्लब हक्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब गुडिस स्पोर्ट्स क्लबले तेस्रो खेलमा शनिबार पुलिस क्लबसँग खेल्नेछ ।

मानबहादुरले यसअघि २०१८ मा स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.