default_image

5 years ago

December 26, 2019

ढोरपाटन महिला भलिबल माघ तेस्रो सातादेखि

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करण माघ तेस्रो सातादेखि आयोजना हुने भएको छ ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएको छ ।

सहभागी टाेलीमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन अार्मी क्लब, टप्प मावि पाेखरा, बुलबुले रारा कर्णाली क्लब, न्यु डायमन्ड एकेडेमी, पारामाउन्ट स्कुल, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइगर्स, जावलाखेल भलपबल प्रशिक्षण केन्द्र र अायाेजक ढाेरपाटन क्लब रहेका छन् । प्रतियाेगितालाई सानमिगेल वियरले मुख्य प्रायाेजन तथा युएम स्कुटीलेे सहप्रायाेजन गरेकाे छ।

आगामी माघमा हुने १५औं संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछ । गतवर्ष विजेताले ३ लाख ५० हजार रुपैया जितेको थियो । दोस्रो हुने टोलीले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौले ५५ हजार, छैटौले ४५ हजार र सातौले ३५ हजार रुपैया हात पार्नेछ । यसपटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने बताइएको छ ।

भाग्यमानी दर्शकले २ लाख रुपैया बराबरको एक थान मोटरसाइकल पाउनेछ । ग्रेट अचिमेन्ट अवार्डबाट एक खेलाडीले ४ लाख रुपैया बराबरको मोटरसाइकल हात पार्नेछ । उदियामान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि इयर सिरिज र उत्कृष्ट खेलाडीले समान १ थान स्कुटी हात पार्नेछन् ।

यस्तै आयोजकले तीन विदेशी खेलाडी ल्याउने टोलीलाई १ लाख २० हजार भत्ता दिने बताएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।

१४औं संस्करण सकिदा एपीएफले सर्वाधिक ६ पटक उपाधि जितेको छ । पाँच पटकपोखराको ज्ञानुबाबाले जितेको छ । समान एक पटक नेपाल पुलिस क्लब र रिड मोडलले जितेको छ । पहिलो संस्करण पुरुषको आयोजना हुदा आर्मी च्याम्पियन बनेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.