default_image

5 years ago

December 24, 2019

मानबहादुरले माल्दिभ्सकाे भलिबल लिग खेल्ने

149 views

0 Bookmark

काठमाडाैं (हाम्राे खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् ।

Man Bahadur

माल्दिभ्समा बुधबार देखि सुरु हुने लिगमा मानबहादुले गुडिस स्पोर्ट्स क्लबबाट खेल्ने भएकाे हाम्राे खेलकुदलाई जानकारी गराए । लिगका लागि मानबहादुर आजै त्यसतर्फ प्रस्थान गर्दैछन् । उनकाे टाेलीले बुधबारै स्पाेर्ट्स क्लब हक्सविरुद्व खेल्दैछ ।

महिला राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालि महिला भलिबल लिगमा भाग लिएर सोमबार स्वदेश फर्केकी थिइन् । उनी सम्मिलित टोली पुलिस क्लबले लिग जितेकोको थियो । राष्ट्रिय टोलीकी अर्की सदस्य सरस्वती चौधरी सम्मलित टोली भने तेस्रो भएको थियो ।

उनले यसअघि २०१८ मा स्पाेर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

दुई साता अघि स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद( साग) मा उनले बिच भलिबल टोलीबाट देशको प्रतिनिधित्व गरेका थिए । १३ औं सागको छनोटका रुपमा रहेको आठौं राष्ट्रिय खेलकुद मा खेल्न नपाएपछि उनी फुल कोर्टको लागि छनोट हुन असफल भएका थिए ।

वैशाखमा नेपालगन्जमा आठौं सुरु भएको केहि दिनमा मात्र उनी स्वदेश फर्केका थिए । तर, उनै क्लब त्रिभुवन आर्मीले उनलाई आठौं खेलाएन । पछि बिच भलिबलमा छनोट खेलमा भाग लिँदै उनी सागको टोलीमा परेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.