default_image

5 years ago

December 24, 2019

रसिलालाई चीनमा ट्रेल रेस उपाधि

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् ।

चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । रसिलाकी निकटतम प्रतिद्वन्दी उनी भन्दा १ घन्टा १३ मिनेट पछि थिइन्।

ट्रेल रेस सामान्य म्याराथन जस्तो सोझो रेस नभएर हाइअल्टिट्युडको अफ्ठ्यारो ठाउँमा हुने रेस हो। यसमा २ हजार मिटर अल्टिट्युडबाट शुरु भएर ४२०० मिटर अल्टिट्युडमा पुगेर फेरि २ हजार मिटरमै फर्कनुपर्ने हुन्छ । रेसमा पहाड तथा हिउँ भएको ठाउँमा पनि दौडनु पर्ने हुन्छ । धादिङको धुनीबेसीकी रसिला यसअघि एभरेस्ट म्याराथनमा पनि पहिलो भएकी थिइन् ।

जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसन रसिलासँगै गणेशबहादुर ठकुरी, सन्तोषविक्रम विक्रम विष्ट, दुर्गराज बुढा, दामोदर बुढा, इन्द्रकला नेम्बाङले सहभागिता जनाएका थिए ।

पुरुषतर्फ दुर्गराज बुढा दोस्रो तथा दामोदर बुढा तेस्रो भए । दुर्गराजले ६ घन्टा ४६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरे । दामोदर बुढाले ७ घन्टा ८ मिनेट २१ सेकेन्डमा रेस पुरा गरेका थिए । पुरुषतर्फ चीनका याङ लुक फेइले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हात पारेका थिए ।
नेपाली टोली आज स्वदेश फर्कदैछ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.