5 years ago
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी महत्वपुर्ण सदस्य प्रतिभा मालीको पुलिस टोली माल्दिभ्स लिग भलिबलमा च्याम्पियन बनेको छ ।
शनिबार राति भएको फाइनलमा प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । त्यसपछिको दुवै पुलिसले २५–१९ र २५–१८ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।
फाइनलमा उच्च प्रदर्शन गरेकी प्रतिभा खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । उनी ५ खेलमा तेस्रो पटक प्लेयर अफ दि म्याच हुन सफल भइन् ।
लिग खेल्ने टोलीले माल्दिभ्स बाहिरका एक खेलाडीलाई टोलीमा राख्न पाउने प्रावधान छ । जसमा प्रतिभा पुलिस टोलीमा आबद्ध भएकी थिइन् ।
उम्कोमा थाइल्यान्डकी खेलाडी समावेश छिन् । १३औं साग मंसिर २४ गते सम्पन्न भएको थियो भने प्रतिभा २६ गते माल्दिभ्स प्रस्थान गरेकी थिइन् ।
राष्ट्रिय टोलीकी अर्की सदस्य सरस्वती चौधरीको टोली भने लोरेन्जो लिगमा तेस्रो भएको छ । प्रतिभाले यसअघि पनि माल्दिभ्स लिग खेलिसकेकी छिन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाएकी प्रतिभा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
प्रतिभा गत महिना मात्र बंगलादशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनकै उच्च प्रदर्शनमा नेपालले भलिबलमा ऐतिहासिक उपाधि जितेको थियो । गत साता मात्र नेपालले सागमा पहिलोपटक रजत पदक जित्दा उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]