default_image

5 years ago

December 15, 2019

भीमदत्तमा हाफ म्याराथन आयोजना हुने

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरको भीमदत्त नगरपालिकाले अर्को महिना दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन आयोजना गर्ने भएको छ । खेल पर्यटनलाई विकास गर्ने उद्देश्यका साथ हाफ म्याराथन आयोजना गर्न लागिएको भीमदत्तका समाजिक विकास समितिका संयोजक हरकसिंह धामीले बताए । हाफ म्याराथन पुस १५ गते आयोजना हुने बताइएको छ ।

भीमदत्तलाई पर्यटकीय गन्तव्य बाउने नगरपालिकाको विभन्न कार्यक्रम गर्दै आएको छ, उनले भने, त्यसलाई मद्दत पुग्ने उद्देश्यका साथ हाफ म्याराथन आयोजना गर्न लागेको हौं । उनले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

हाफ म्याराथनमा पुरुष, महिला र विद्यार्थीहरुको सहभागिता रहने बतताएको छ । हाफ म्याराथनका लागि तयारी भइरहेको धामीले बताए । गत वर्ष पनि पुस १५ गते हाफ म्याराथन आयोजना भएको थियो ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 21, 2024

श्रीकृष्णलाई उग्रचण्डी कप बुद्धिचाल उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)-  उग्रचण्डी मावि  र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले‌ जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको‌ खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]

Success

Thank you for your time.