default_image

5 years ago

December 5, 2019

भारोत्तोलनमा सन्जुलाई स्वर्ण !

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारोत्तोलनकी सन्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् ।

सन्जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्   श्रीलंकाकी एस राजापाक्षले रजत जित्दा बंगलादेशकी फायमा अख्तरले कास्य पदक जितिन् राजपाक्षले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९१ केजी गर्दै कुल १ सय ६१ केजी तौल उचालिन् अख्तरले स्न्याचमा समान ७० केजी उचालेओअनी क्लिन एन्ड जर्कमा ९० केजी मात्र उचालेकी थिइन्

नेपाली भारोत्तोलनको इतिहासमा यो मात्र दोस्रो स्वर्ण हो । महिलातर्फ भने भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु पहिलो महिला खेलाडी बनेकी छिन् । यसअघि पुरुषतर्फ भने कमलबहादुर अधिकारीले स्वर्ण जितेका थिए ।

नेपालका लागि यो १३ औं सागमा यो ३५ औं स्वर्ण पदक हो बिहीबार नेपालले जितेको यो छैटौं पदक हो उसुकी निमा घर्तीमगर, साइक्लिङका लक्ष्मी श्रेष्ठ र बुद्धिबहादुर तामाङ, पौडीकी गौरिका सिंह र तेक्वान्दोका भुपेन श्रेष्ठपछि सन्जुले पनि स्वर्ण जितेकी छिन्

१३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५.. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

January 21, 2025

खो खो विश्व कप – रजत पदक विजेता दुवै टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]

January 19, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]

January 19, 2025

खो-खो विश्वकपमा महिला टोली उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]

Success

Thank you for your time.