5 years ago
December 4, 2019
पोखरा (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।
नेपालका रत्नजित तामाङले बंगलादेशका सिग्बत उल्लाहलाई सोझो सेटमा पराजित गरे । उनले २१–१३ र २३–२१ को सेटमा पराजित गर्दै सेमीफाईनल यात्रा तय गरे । यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भुटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन् ।
यसैगरी मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भुटानका अनिष गुरुङ् र सम्झना गुरुङ्को जोडीले वाकओभर दिएपछि सोझै सेमीफाईनलमा पुगे । महिला डबल्स तर्फ नेपालका जेसिका गुरुङ् र रसिला महर्जनको जोडी श्रीलंकाका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भए ।
पुरुष डबल्सतर्फ नेपालका दिपेश धामी र रत्नजीत तामाङ्को भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भए । यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङ्को जोडी वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भए ।
पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरे भने, सोही ईभेण्टमा श्रीलंकाका दिनुका निसान परेराले भुटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरे । यसैगरी भारतका आर्यमान टण्डनले श्रीलंकाका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।
महिला सिंगलतर्फ श्रीलंकाकी दिल्मी दियासले वंगलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरिन् । सोही ईभेण्टमा श्रीलंकाका रत्नसिरि कपुरुले वंगलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरिन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित गरिन् । सोही ईभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरिन् ।
पुरुष डबल्सतर्फ श्रीलंकाका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरे । सोही ईभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलंकाका डि परेरा र एच चंकामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरे ।
महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले वंगलादेशका बृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा पराजित गरे । सोही ईभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले वंगलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरे ।
श्रीलंकाका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरे । मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गर्दै सेमीफाईनको यात्रा तय गरेका छन् ।
भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरे । बुधवारका खेलमा विजयी भएका सबै खेलाडीले सेमीफाईनल यात्रा तय गरेका छन् । पोखरा रंगशालाको कोर्टमा विहीवारदेखि सेमीफाईनल सँस्करण हुने प्रतियोगिताका प्राबिधिक संयोजक नरबहादुर गुरुङले जानकारी दिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]