5 years ago
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलुकद (साग) पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । आइतबार राष्ट्रिय खेलकुद परिषद राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३–० को सोभो सेटमा पराजित गर्दै स्वर्ण पदकको लागि पाकिस्तानले भारतसँगको भेट पक्का गरेको हो ।
पहिलो सेटमा सुरुवाती देखीनै ठूलो अग्रता कायम पाकिस्तानले २५–१५ ले सहज जित हात पार्यो । दोस्रो सेटमा बंगलादेशले सुधारिएको प्रर्दशन गरेको थियो । बंगलादेशलेको सुरुवाती ८–६ को अग्रता लिएको थियो । तर, पाकिस्तानले पुनरागमन गर्दै १८–१५ को अवस्थामा पुर्याएको थियो ।
दोस्रो सेट पाकिस्तानले २५–२१ ले जित पक्का गर्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पाकिस्तानले २६–२४ को कठिन जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको हो ।
अव स्वर्ण पदकका लागि मंगलबार भारत र पाकिस्तान भिड्ने छन् । फाइनल दिउँसो ४ बजेपछि हुने छ । भारतले पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–१ को सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । कास्य पदकका लागि बंगलादेश र श्रीलंका सोमबार भिड्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]