default_image

5 years ago

December 1, 2019

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा पुगेको छ ।

आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनमा श्रीलंकालाई ३-१ को सेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा भारतले २७–२५ को कठिन जित निकालेको थियो । दोस्रो सेटमा भारतले २५–१९ को सहज जित हात पार्यो । तेस्रो सेट सुरुवात देखीनै प्रतिस्पर्धात्मक बन्यो ।

सुरुवाती समय ९–९ को अवस्थमा रहेको थियो । तेस्रो सेटमा श्रीलंकाले सुरुवात देखीनै अग्रता लिएको थियो । श्रीलंकाले २ अंकको अग्रता लिदै १९–१७ मा पुर्याएको थियो । ब्लकमा भारतीय स्पाइकरले गल्ती गरेपछि श्रीलंकाले ३ अंकको अग्रता बढायो । श्रीलंकाले तेस्रो सेटमा २५–२१ को जित हात पारेपछि खेल चौथो सेटमा पुगेको थियो ।

चौथो सेटमा भारतले सुरुवाती २ अंकको अग्रता कायम गरेको थियो । श्रीलंकाले लगातार दुई अंक बटुल्दै १५–१५ को अवस्थामा पुर्याएको थियो । तर भारतले पुनरागमन गर्दै २०-१७ को अवस्थामा पुर्याएको थियो । चौथो सेटमा भारतले श्रीलंकालाई २५-२१ को सेटले हराउँदै फाइनलमा पुगेको थियो । चौथो सेटमा श्रीलंकाले सर्भिसमा केहि गल्ती गरेको थियो ।

अव उपाधिको लागि भारतले दोस्रो सेमिफाइनलको विजेता बंगलादेश र पाकिस्तान मध्य एकसँग खेल्ने छ । फाइनल मंगलबार हुने छ । कास्य पदकको लागि सोमबार प्रतिस्पर्धा हुने छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.