default_image

5 years ago

November 29, 2019

भारतविरुद्ध नेपाललाई ‘गर या मर’ को अवस्था

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेल घोषणा भएसँगै व्यापक चर्चा कमाएको नेपालले यसपटक पुरुष भलिबलमा पनि पदकको अपेक्षा गरेको थियो । तर, नेपालको यो सम्भावना निकै झिनो बनेको छ । यही अवस्थामा नेपालले आज स्वर्णको दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा अग्रता लिएरपनि बंगलादेशसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बनेको हो । कम्तीमा पनि पदक जित्ने सम्भावनालाई जीवितै राख्न नेपालले भारतमाथि निश्चित जितको आवश्यकता छ । सेमिफाइनल पुग्न भारतविरुद्धको खेल नेपालको लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित भएको अवस्थामा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

तर, पहिलो जितसँगै सेमिफाइनल पुगिसकेको बलियो भारतविरुद्धको खेल नेपालको लागि सहज हुनेछैन । यसअघि सागकै तयारीका रहेको नेपालले भारतसँग तीन अभ्यास खेल खेलेको थियो । तीनै खेलमा पराजित भएको थियो ।

नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि भारत सेमिफाइनल पुग्नेछ । १ खेलमा भारतको ३ अंक छ । २ खेल खेलेको बंगलादेशको २ अंक र नेपालको १ अंक छ । भोलीको खेलमा नेपाल पराजित भएको खण्डमा बंगलादेश अन्तिम चारमा पुग्नेछ । आजै समूह ‘बी’ मा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् ।

भारत सागमा भलिबल समावेश भएदेखिकै दावेदार राष्ट्र हो । नेपाल भने साग पुरुष भलिबलमा पदकविहीन छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.