5 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत दोस्रो खेलमा भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो । सुरुवाती समयदेखि नै कडा टक्कर चलेको खेलमा नेपाल जितनजिक पुगेर पनि सम्हालिन सकेन । दोस्रो सेटमा नेपालले दवावमा रहंदा अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो सेटमा भारतले एकपक्षीय प्रदर्शन गर्दै २५-१२ को सहज जित दर्ता गर्यो ।
तेस्रो सेटमा भारतले सुरुवाती समयमा फराकिलो अग्रता लिएपनि नेपालले पुनरागमन गर्ने छनक देखायो । तर अनुभवी भारतको टोलीले स्तरीय प्रदर्शनलाई निरन्तरता दिंदै २५-१६ को जित पक्का गर्यो । यस जितसँगै नेपाल र भारत दुवैको ३-३ अंक भएको छ । अब समूहको अन्तिम खेलमा बंगलादेश र भारत भिड्नेछन् । उक्त खेलको विजेताले समूह विजेता र उपविजेताको छिनोफानो लगाउनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]