5 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता औपचारिक रुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भन्डै १९ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । सागको प्रचार समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले १८ हजार ९ सय ३३ सुरक्षकर्मी परिचालन हुने जानकारी दिएका छन् ।
सागको उद्घाटन र समापनका दिन भने सवारी साधान चलाउन जोर विजोर प्रावधान लागु गर्ने बताइएको छ । सागको उद्घाटन दशरथ रंगशालामा मंसिर १५ गते हुनेछ । त्यो दिन विजोर संख्याका सवारी साधान चलाउन पाइने छ । त्यस्तै समान मंसिर २४ गते दशरथ रंगशालामा नै हुनेछ । त्यस दिन जोर संख्याका सवारी साधान प्रायोग गर्न पाइने बताइएको छ ।
त्यस्तै सवारी साधानका लागि सिमित ठाँउमा वान वे गरिएको छ । थापाथलीबाट कालिमाटी आउन जाने व्यवस्था गरिएको छ । तर थापाथलीबाट त्रिपुरेश्वर हुँदै सहिदगेट जान भने रोक लगाइने जनाइएको छ । सागमा प्रयोग हुने सवारी साधानको पार्किङका लागि भने टुडिखेलमा व्यवस्था गरिएको बताइएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन आइतबार भएपनि सागका भलिबल खेल भने बुधबारबाट सुरु भइसकेका छन् । सागमा नेपालसहित ७ राष्ट्रका ३ हजार बढीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सागमा समान ३ सय १७ स्वर्ण र रजत तथा ४ सय ८१ रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]