5 years ago
November 27, 2019
काठमाडौ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सस्करण सुरु हुन ४ दिनमा मात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाली टोलीका सेभ द मिसन तोकिएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का आफ्ना उप महासचिव समेत रहेका तिम्सिनालाई बुधबारको बैठकमा उक्त जिम्मा दिएको हो ।
एनओसीका अध्इक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दुई जनालाई डिपुटी सेभ द मिसन तोकेको छ । राष्ट्रिय टिम तयारी समितिका संयोजक रहेका रिम रानाभाटलाई काठमाडौं र एनओसी उपाध्यक्ष तेजबहादुर गुरुङ पोखरा हेर्ने गरि डिपुटी सेभ द मिसन तोकेको हो ।
अघिल्लो महिना भएको सहभागी ७ राष्ट्रको सेभ द मिसनको गोष्ठीमा नेपालका तर्फका एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय टिम तयारी समितिका संयोजक रानाभाटले भाग लिएका थिए । नेपालले भाग लिने अन्तर्राष्ट्रिय प्रतियोगितामा समान्यता राखेप सदस्य सचिवलाई सेभ द मिसन तोक्ने प्रचलनबाट एनओसीले यसपटक फरक निर्णय गरेको छ ।
राखेप सदस्य सचिव १३ औं साग आयोजक समितिका सदस्य सचिव पनि भएकोले कार्यव्यस्तताका कारण अर्कै पदाधिकारीलाई सेभ द मिसनको जिम्मेवारी दिने संकेत गरेको थियो । नेपाली टोलीको सेभ द मिसन तोकिएपछि तिम्सिनाले खुसी व्यक्त गरे ।
‘मैले सन् १९९९ मा आठौं सागमा एथलेटिक्सतर्फ स्वयम सेवकका रुपमा काम गरेको थियो । त्यहाँबाट निरन्तर खेलकुदमा कुनै न कुनै भूमिका रहेर काम गर्ने अवसर पाएको थिए,’ तिम्सिनाले हाम्रो खेलकुदसँग भने, ‘मेरो निरन्तरता र खेलकुद प्रतिको लगावका कारण आज यो गरिमामय जिम्मेवारी पाएको छु । यसका लागि एनओसीलाई धन्यवाद दिन चाहन्छु । आफ्नो गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्नेछु । ‘
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा १३ औं सागको उद्घाटन गर्ने कार्यक्रम तय भएको यसअघि नै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिएका छन् । ७ देशका ३ हजार बढी खेलाडीले २६ खेलका प्रतिस्पर्धा गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]