5 years ago
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सानदार सुरुवात गरेको छ ।
बुधबार त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५–९, २५-९ र २५-११ ले हाराएको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम गरेका थिए ।
बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५-९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको हार टार्न सकेन ।
प्रशिक्षक जगदीश भट्टले खेलको दोस्रो सेटपछि दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएका थिए । दोस्रो सेटको अन्तिम समयतिर कोर्ट प्रवेश गर्दै स्पाइकर उषा भण्डारीले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । उनीसँगै सेन्ट्रल जोन प्रतियोगिताका गुमाएकी हिरा केसी पनि दोस्रो सेटमा नै कोर्ट प्रवेश गरेकी थिइन् ।
नेपालले पहिलो सेटमा सुरुवाती समयम १५–४ को अग्रता कायम गर्दै दबाबमा राखेको थियो । लगातार नेपाल हाबी बन्दै सहज जित हात पार्यो । पहिलो सेटमा सरस्वती चौधरीको प्रर्दशन अब्बल रह्यो । दोस्रो सेटमा प्रतिभा मालीले उत्कृष्ट प्रर्दशन गरिन् । नेपाली स्पाइकर र सेटरले प्रहार गरेको सट बंगलादेशका खेलाडीलाई उठाउँनै मुश्किल परेको थियो । नेपालले सर्भिसमा भने केहि गल्ती गर्न पुग्यो ।
समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समुह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा विहीबार स्वर्णको दाबेदार भारतसँग खेल्ने छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]