5 years ago
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्चको आलोचना र मागपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेलिभिजनहरुलाई समाजार प्रायोजनका लागि भिडियो खिच्न दिन सहमत भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले १३ औं सागको प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्यूज) लाई बेचेको थियो । सम्झौताका दौरान सागको भिडियो र फोटो खिच्न प्रतिबन्ध लगाइने बताइएको थियो । मन्च र फोटो पत्रकार क्लबको विरोध पछि फोटो खिच्न दिने सहमति बनेको थियो ।
त्यसपछि पनि मन्चले भिडियो खिच्न पाउनुपर्ने माग राखेपछि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विज्ञप्ती जारी गर्दै टेलिभिजनले १ मिनेट समाचारका लागि भिडियो खिच्न पाउने व्यवस्था गरिएको जनाएका छन् । एनओसीले जारी गरेको एक्रिडिएसन कार्ड भएकाले मात्र खेलस्थलमा तोकिएको स्थानमा रहि छायाँकन गर्न पाउने बताइएको छ ।
१३ औं साग काठमाडौं, ललिपुर, कास्की र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म सञ्चालन हुनेछ । सागमा समावेश भलिबल भने बुधबार सुरु हुँदैछ । सागमा नेपालसहित सात राष्ट्रका ३ हजार भन्दा बढी खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]