5 years ago
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक रुपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सुरु हुन अब ५ दिन मात्र बाँकी छ । २६ मध्ये भलिबल खेल बुधबारबाट नै सुरु हुँदैछ । तर, सागका लागि नेपालको टोली नेता (हेड अफ डेलिगेट्स) सेभ द मिसन अझै तय भइसकेको छैन ।
नेपालले भाग लिने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सेभ द मिसन घोषणा गर्छ । तर, स्वेदशमै आयोजना हुने सागका लागि अहिले सम्म एनओसीले सेभ द मिसन तोक्न सकेको छैन । सामान्यता एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्बन्ध सुमधुर हुँदा राखेप सदस्य सचिवलाई नै सेभ द मिसन तोक्ने प्रचलन छ ।
तर, दुई सम्बन्ध चिसिएका बेला भने एनओसीले सदस्य सचिवबाहेकलाई पनि सेभ द मिसन तोकेको इतिहास छ । पछिल्लो पटक गत वर्ष १८ औं एसियाली खेलकुदमा एनओसीले तत्कालिन राखेप सदस्य सचिव केशवकुमार विष्टलाई नै सेभ द मिसन तोकेको थियो ।
यसपटक सागमा भने राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई सेभ द मिसन तोक्ने सम्भावना कम छ । तर, एनओसी र राखेपबीच सबन्ध चिसो भएका कारण नभई सिलवालको कार्य व्यस्तताका कारण अरु कोहि सेभ द मिसन हुने सम्भावना देखिएको छ । यद्दपी एनओसी अध्यक्ष जीवनराम श्रेष्ठसहितका पदाधिकारी प्रष्ट जवाफ दिने पक्षमा भने छैनन् ।
‘भोली (बुधबार) वा पर्सी सम्ममा हामी सेभ द मिसनको टुंगो लगाउँछौं,’ संघिय सांसद समेत रहेका श्रेष्ठले भने,‘ देश भित्र साग हुन लागेकोले राखेप सदस्य सचिव अत्यन्तै व्यस्त रहने भएकाले अर्को व्यक्ति हुने सम्भावना छ ।’ सहभागी ७ राष्ट्रका सेभ द मिसनको बैठक आयोजक समितिको सदस्य सचिवको हैसियतमा सिलवालले नै बोलाउनुपर्ने भएकाले पनि अर्को व्यक्ति सेभ द मिसन बनाउनुपर्ने बलियो तर्क एनओसीको छ ।
त्यसैको संकेत गर्दै एनओसीले गत महिना भएको सेभ द मिसनको गोष्ठिमा पनि एनओसी उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटलाई पठाएको थियो । अखिल नेपाल टेबुल टेनिस संघका अध्यक्ष समेत रहेका राजवैद्यकै सेभ द मिसन हुने सम्भावना बढी छ । यद्दपी, कोहि पनि प्रष्ट बताउने पक्षमा भने छैनन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]