default_image

5 years ago

November 25, 2019

ब्रिटिश ओपनमा राजु र सञ्जिवलाई स्वर्ण

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँले जानकारी दिए ।

शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको समूहमा राजुले स्वर्ण पदक जितेका हुन् । त्यस्तै सञ्जिले ४० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । अंकका आधारमा पुम्सेको विजेता छुट्टान्छ ।

अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि तेक्वान्दोको पुम्से समावेश छ । सागमा पहिलो पटक पुम्से समावेश गरिएको छ । सागको तेक्वान्दो पुम्सेमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

ब्रिटिश ओपन तेक्वान्दोमा नेपालसहित इग्ल्यान्ड, आयरल्यान्ड, फिनल्यान्ड, ग्रिस, इटाली, जोडर्न, स्पेन, भारत र आयसल्यान्डका खेलाडीको सहभागिता रहेको बताइएको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.