5 years ago
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विदेशी खेलाडी तथा खेलकर्मीको आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडले सामूहिक दुर्घटना विमा गरिएको छ ।
मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा सुरु हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ ।
सागमा भाग लिने खेलाडी, अफिसियिल र पदाधिकारीको प्रति व्यक्ति ५ लाख रुपैयाँको दरले सामूहिक विमाको सम्झौता राष्ट्रिय खेलकुद परिषद् सचिवलाय तथा १३ औं साग मुल आयोजक समितिका तर्फबाट रमेशकुमार सिलवाल र आइएमइ इन्स्योरेस्नकातर्फबाट प्रमुख कार्यकारी अधिकृति युगेशभक्त बादे श्रेष्ठले सम्झौत पत्रमा हस्ताक्षर गरे ।
नेपाली खेलाडी तथा अफिसियलहरुको लागि भने १० लाखको विमा गरिएको छ ।
आयोजना अवधि भर आइएमइ इन्स्योरेन्स आधिकारिक विमा प्रायोजकका रुपमा रहने बताइएको छ । राखेप सदस्य सचिव समेश रहेका सिलवालले सागका लागि इस्योरेन्स प्रायोजक भएको मा आइएमइलाई धन्यावाद दिन आउने दिनमा सो कम्पनीसँग सेवा विस्तार गर्दै अघि बढ्ने बताए । आइएमी इन्स्योरेन्सका सिइओ श्रेष्ठले प्रायोजकमा रुपमा मौका दिएमा राखेपलाई धन्यवाद दिए ।
सागमा झन्डै ४ हजारको हाराहारीमा विदेशी खेलाडी, पदाधिकारीको सहभागिता रहनेछ । सागमा २६ खेलका लागि ३ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछ । आयोजक नेपालले सबै २६ खेलमा भाग लिएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]