5 years ago
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३औं दक्षिण एसयाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ ।
नेपाल भलिबल संघले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै सुरु हुनेछ । समूह ‘ए’ मा भारत, नेपाल र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो दिन लिग चरणमा बुधबार पुरुषततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । सोही दिन माल्दिभ्स र पाकिस्तनबीच साँझ ५ बजे खेल हुनेछ । दोस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्बीच खेल हुनेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]