default_image

5 years ago

November 24, 2019

साग उद्घाटनको दीप प्रज्वलन दीपकले गर्ने !

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटनका दौरान दीप प्रज्वलन सागका कीर्तिमानी पदक विजेता खेलाडी दीपक विष्टले बाल्ने सम्भावना छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले फेल्म बाल्नका लागि दीपकको मात्र नाम सागको समारोह समितिलाई सिफारिस गरेको छ । दीपक सागमा नेपाललाई सबैभन्दा बढी स्वर्ण पदक जित्ने कीर्तिमान खेलाडी हुन् । सन् १९९९ को नेपालमा आयोजना भएको आठौं साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) देखि २०१० को ११ औं संस्करण सम्म उनले तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए ।

‘अहिलेको अवस्थामा सागमा नेपालको सबैभन्दा सफल खेलाडी दीपक हुन् । त्यसैले फेल्म बाल्नका लागि दीपकको नाम सिफारिस गरेका हौं,’ एनएनआइपीका अध्यक्ष श्रेष्ठले भने, ‘आठौं सागमा वैकुण्ठ (मानन्धर) दाईले फेल्म बाल्नु भएको थियो । त्यसकै आधारमा पनि हामीले दीपकको नाम सिफारिस गरेका हौं ।’

दीपकपछि सागका सबैभन्दा सफल मानन्धर हुन् । उनले काठमाडौंमै आयोजना भएको पहिलो (१९८४) देखि १९८७ सम्मको तीन सागमा लगातार म्याराथनमा स्वर्ण पदक जितेका थिए । उनले तेस्रो सागमा बनाएको २ घन्टा १५ः०३ सेकेन्डको कीर्तिमान अझै सम्म तोडिएको छैन । विभिन्न ओलम्पिक खेलाडीले ७ प्रदेशमा पुर्याउने ओलम्पिक टर्चले अन्तमा दीपकले फ्लेम बाल्नेछन् ।

सागमा चार स्वर्ण पदक जितेका दीपकले एसियाली खेलकुदमा देशका लागि दुई कास्य पदक जितेका छन् । त्यस्तै उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली हुन् । दीपकअघि तेक्वान्दोकी संगिना वैद्यले छनोट चरण पार गरेर ओलम्पि खेलेकी थिइन् । सागका लागि ओलम्पिक टर्च र्याली बिहीबार सुरु भएको थियो । आइतबार टर्च लुम्बिनी पुर्याएको छ ।

सोमबार सुर्खेत, मंगलबार नेपालगन्ज हुँदै टर्च प्रदेश ७ पुर्याउने कार्यक्रम रहेको एनएनआइपीएका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सागको उद्घाटन मंसिर १५ गते हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उद्घाटन ३ घन्टा भन्दा लामो समय सम्म चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी गराइसकेको छ । ७ राष्ट्रका ३ हजार बढी खेलाडीले २६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । मंसिर २४ गते सम्पन्न हुने सागमा झन्डै ६ सय नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले सागका सबै २६ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.