default_image

5 years ago

November 24, 2019

राष्ट्रपति भण्डारीले सागको उद्घाटन गर्ने

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुनृ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उसु र भलिबल खेल अगाडि नै सुरु भएपनि सागको उद्घाटन मंसिर १५ गते हुने छ । उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ ।

 

राष्ट्रपति भण्डारीले सागको उद्घाटन गर्ने र प्रधानमन्त्री केपी ओलीले उद्घाटन सत्रलाई सम्बोधान गर्ने राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । सिलवालले भने, ‘राष्ट्रपतिले उद्घाटन गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ ।’

नेपालले तेस्रो पटक सागको आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा तेस्रो साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) आयोजना गरेको थियो । दुवै सागको उद्घाटन स्वर्गिय राजा वीरेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए ।यसैबीच प्रधानमन्त्री ओलीले सागमा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् ।

राखेप सदस्य सचिव सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘मंगलबार ११ बजे खेलाडीलाई सम्बोधनका साथै प्याकेज घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ, ‘सदस्य सचिव सिलवालले भने, ‘भेन्यू तय हुन बाँकी छ । प्रधानमन्त्रीको सम्बोधनले पक्कै पनि खेलाडीको हौसाल बढ्नेछ । त्यसैका लागि हामीले कार्यक्रम तय गरेका हौं ।’

१३ औं साग काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा मंसिर १४ देखि २५ गते सम्म आयोजना हुँदैछ । नेपालसहित ७ राष्ट्रका ३ हजार भन्दा खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले सबै २६ खेलमा झन्डै ६ सय खेलाडी उतार्नेछ । साग आयोजनाका लागि ५ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुँदैछ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.