5 years ago
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
‘मंगलबार ११ बजे खेलाडीलाई सम्बोधनका साथै प्याकेज घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ,’ सदस्य सचिव सिलवालले भने,’ भेन्यू तय हुन बाँकी छ । प्रधानमन्त्रीको सम्बोधनले पक्कै पनि खेलाडीको हौसाल बढ्नेछ । त्यसैका लागि हामीले कार्यक्रम तय गरेका हौं । ‘
१३ औं साग काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ । नेपालसहित ७ राष्ट्रका ३ हजार भन्दा खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले सबै २६ खेलमा झन्डै ६ सय खेलाडी उतार्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]