5 years ago
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई शुक्रबार बधाई तथा सम्मान ज्ञापन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आफ्नै निवास शितल निवासमा शुक्रबार ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान व्यक्त गरेकी हुन् ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमले कात्तिकअन्तिममा (२८ गते बिहीबार ) बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनयर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाललाई ऐतिहासिक उपाधि जिताएका थिए । नेपाल प्रतियोगितामा अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको थियो ।
सम्मान तथा बधाई कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायत संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाली टोली अहिले नेपालमै आयोजना हुने १३औं सागको तयारीमा रहेको छ । नेपाल भारत र बंगलादेश सम्मिलित समुह ‘ए’ मा परेको छ । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।
भलिबलका खेलहरु सागको उद्घाटन अगावै मंसिर ११ बाट शुरु हुने तालिका छ । पुरुष र महिला दुवैतर्फको खेलहरु त्रिपुरेश्वस्थित कभर्डहलमा हुनेछ । सबै खेलहरु लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछ । भलिबलका खेलहरु ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]