5 years ago
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय भलिबल खेलाडी परीक्षा गुरुङले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको बिच भलिबल टोलीलाई जर्सी सौजन्य गरेकी छिन् ।
हाल बेलायतमा रहेका गुरुङले आफु संलग्न अल्डरसट भलिबल क्लबको तर्फबाट बिच टोलीलाई १२ सेट जर्सी सौजन्य गरेकी हुन् ।
उनले इन्डोर भलिबल खेलाडीलाई पनि निक्याप र जर्सी निशुल्क उपलब्ध गराएको बिच भलिबल प्रशिक्षक कौशिला खत्रीले जानकारी दिइन् ।
बिच भलिबल टिमलाई उनका बुवा खर्कमान गुरुङ र आमा गीतादेवी गुरुङले जर्सी हस्तान्तरण गरेका थिए । बिच महिला टिमकी प्रशिक्षक कौशिला खत्रीले विदेशमा रहेर पनि आफ्नो खेलाडीलाई यसरी सम्झिएकोमा खुशी व्यक्त गरिन् ।
उनी बेलायत जानुअघि ज्ञानुबाबा स्कुल, टप्स मावि र पश्चिमाञ्चलबाट आफ्नो खेल कला देखाएकी थिइन् । उनी अहिले बेलायतको अल्डरसटबाट भलिबल खेल्ने गर्छिन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]