default_image

5 years ago

November 19, 2019

महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको सम्मान

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई मंगलबार सम्मानित गरेका छन् । उपराष्ट्रपति पुनले उपराष्ट्रपतिको भवन, हरितगृहमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान गरेका हुन् ।

उनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे । खेलाडीहरुलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधि दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको र आगामी दिनमा भलिबलमा अझै ठूला अन्तर्राष्ट्रिय उपाधिहरु जित्ने अपेक्षासमेत व्यक्त गरे ।

उपराष्ट्रपति पुनले नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने र आसन्न सागमा उपाधिका लागि टिमलाई शुभकामनासमेत दिए । नेपालले गतसाता बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनयर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाललाई ऐतिहासिक उपाधि जिताएका थिए । नेपाल प्रतियोगितामा अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.