5 years ago
November 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने खेलाडीको तयारीका लागि ४५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।
मंसिर १५ देखि २४ गते सम्म हुने १३ औं सागमा नेपालले २६ नै खेलमा भाग लिने र त्यसमा ५ सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिए । उनले सागका लागि २१ खेलका खेलाडीले वैदेशिक प्रशिक्षण प्राप्त गरेको पनि बताए ।
‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं,’ उनले भने । नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्र्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ ।
वैदेशिक प्रशिक्षणमा आर्चरी, गल्फ, पौडी, जुडो, भलिबल, ह्याण्डबल, स्क्वास, तेक्वान्दो, फेन्सिङ्ग, भारोत्तोलन, टेनिस, वक्सिङ्ग, खो खो, विच भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, उसु, टेवल टेनिस, कराते, कवड्डी बैदशिक प्रशिक्षणमा रहेका हुन् । त्यसमध्ये केहि टोली फर्किसकेका छन् भने केहि फर्कने क्रममा छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको बताइएको थियो ।
साग बन्द प्रशिक्षणमा रहेका खेलाडहिरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्ध समेत हासिल गरेको समितिले सागमा थप सफलताको आशा गरिएको समितिले जनाए । करातेले दक्षिण एसियाली कराते च्याम्पियनसिमपा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो । महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ काश्य जितेको थियो । पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको समितिले जनाएको छ ।
विश्व तेक्वान्दो हान्मादाङ्ग च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो । त्यसैगरि चाईना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ । सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्यस सुशिल नरसिंह राणाले बताए ।
डा. प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकोले १३ औं सागमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।
संयोजक रानाभाटले नेपालले तयारीका लागि कुनै कसर बाँकी नराखेको बताउँदै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]