5 years ago
November 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा भर्खरै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल महिला भलिबल टिमलाई राष्ट्रिय बाणिज्य बैकले सोमबार सम्मान तथा बधाई ज्ञापन गरेको छ । बाणिज्य बैकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले खेलाडीहरुलार्य माला तथा मायाको चिनो सहित टिमलाई कदरपत्रद्वारा सम्मान गरेका थिए ।
भलिबललाई पहिलो ठुलो प्रायोजकको रुपमा रहेको बाणिज्य बैकले नेपाल भलिबल संघलाई दुई बर्षका लागि २२ लाखको सहयोग गर्दै आएको छ । महिला टिम तथा संघलाई बधाई दिैदै कार्यकारी अधिकृतले बाणिज्य बैकले गरेको लगानीको प्रतिफल नेपाली टोलीले छिटै नै प्रदान गरेको भन्द्र आगामी दिनमा पनि यस किसिमको सफलता प्राप्त होस भनि शुभकामना ब्यक्त गरे । उनले आगमी दिनमा अझ बढि भलिबललाई प्रायोजन गर्ने प्रेरणा मिलेको बताए ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली भलिबललाई पहिलो प्रायोजकका रुपमा रहेको बाणिज्य बैकलाई आफुले गुनको बदला सुन दिने भनेर प्रतिवद्धता ब्यक्त गरेको नेपाली महिला भलिबल टिमले साकार पारेको बताए । नेपाली महिला भलिबल टिमले पहिलो सेन्ट्रल जोन प्रतिस्पर्धाको उपाधिलाई आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सोही अवसरमा नेपाली महिला भलिबल टिमलाई मलेसियाका खेल सामग्रीका ब्यापारी स्टुवार्टले दुई सेट जर्सी प्रदान गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]