5 years ago
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनको महिलातर्फको उपाधि थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र पुरुषतर्फको भियतनामका काव सुओङ फामले जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको फाइनलमा शीर्ष वरियताकी पोर्नतिपले दक्षिण कोरियाकी कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै उपाधि जितेकी हुन् ।
त्यस्तै छैटौं वरियताका भियतनामका फामले आठौं वरियताका थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पराजित गर्दै उपाधि जितेका हुन् । पुरुष तथा महिला एकल तर्फ विजेताले समान १ हजार ८ सय ७५ र उपविजेताले ९ सय ५० अमेरिकी डलर प्राप्त गरे । तेश्रो हुनेले समान ३ सय ६२.५० डलर पाए ।
महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्लेको जोडीले उपाधि जित्यो । प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियन जोडीले फाइनलमा चौथो वरियताका भारतीय मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गर्यो ।
यस्तै पुरुष युगल तर्फ भारतका आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले आफ्नै देशका एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि जित्यो ।
मिश्रीत युगल तर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले दक्षिण कोरियाका ना सुङ सिउङ र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधि हासिल गर्यो । थाइ जोडीले २१–१८, २१–१६ ले विजयी भएको थियो ।विजेता पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले १ हजार ९ सय ७५ , दोस्रो जोडीले ९ सय ५० डलर, तेश्रोले हुने जोडीले समान ३ सय ५० अमेरिकी डलर प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई राखेपका सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे । २५ हजार अमेरिकी डलर पुरस्कार रहेको पाँच दिने प्रतियोगितामा २१ राष्ट्रका १ सय ४९ खेलाडीे प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]