default_image

5 years ago

November 17, 2019

सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले खरिद गरेको छ ।

सागका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौताबीच राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच आइतबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौता वापत एनकेले राखेपलाई ८ करोड रुपैयाँ दिनेछ । सागलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने जिम्मा भने फिस्कल एजेन्टलाई दिएको छ ।

राखेपका तर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनकेका प्रभात रन्जन मल्लिक र फिस्कल एजेन्टका प्रियानाथ चतुराजोपाध्ययले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनके मिडियाले २७ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । प्रत्यक्ष प्रसारणका लागि प्राप्त हुने विज्ञापन को रकम पनि राखेपले नै पाउने सम्झौता उल्लेख रहेको बताएको छ । नेपाल टेलिभिजनले पनि सागका सिमित खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

साग मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर पोखरा र जनकपुरमा हुँदैछ । ७ देशका ३ हजार बढी खेलाडीले २७ खेलमा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन र समापन दशरथ रंगशालमा हुनेछ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.