5 years ago
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा ऐतिहासिक उपाधि जित्न सफल टोलीलाई जनही २५ हजार दिने घोषणा गरेको छ ।
संघको शनिबार बसेको बैठकले ऐतिहासिक स्वर्णपदक जितेका १२ खेलाडी र ४ अफिसियल गरी १६ सदस्यीय टोलीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरेको हो । त्यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवालले शुक्रबार खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै टोलीलाई सरकारबाट जनही ३–३ लाख प्रदान गरिने घोषणा गरेका थिए । यस्तै संघका अध्यक्ष मनोरन्जन रमण शर्माले टोलीलाई जनही १०–१० हजार रुपैया दिने घोषणा गरिसकेका छन् ।
बंगलादेशको ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा गत बिहीबार सम्पन्न फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको थियो । जुन नेपाली भलिबल इतिहासकै सबैभन्दा ठुलो सफलता हो । च्याम्पियनसिपमा नेपाल एक सेट पनि नगुमाई अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
२३ कात्तिकबाट शुरु भएको च्याम्पियनसिपमा आयोजक बंगलादेश, नेपाल, अफगानिस्तान, कीर्गिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । किर्गिस्तान तेस्रो तथा घरेलु टोली बंगलादेश चौथो भएको थियो । अफगानिस्तान अंकविहीन भएको थियो ।
नेपाली टोली :
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सफिया पुन, जानकी भण्डारी
मुख्य प्रशिक्षक : जगदीश भट्ट
प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव
व्यवस्थापक : रिता कोइराला
यो पनि पढ्नुहोस् : जसले नेपाललाई च्याम्पियन बनाए
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]