default_image

5 years ago

November 16, 2019

१३ औं साग – खर्च ५ अर्ब बढी, ११ सय बढी पदकका लागि प्रतिस्पर्धा हुने

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ५ अर्ब भन्दा बढी खर्च हुने भएको छ । साग सुरु हुन १५ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

सागका लागि १ अर्ब ६२ करोड भौतिक पूर्वाधारमा खर्च हुने र साग आयोजनका लागि ३ अर्ब ३ अर्ब ६५ करोड खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक शिव कोइरालाले जानकारी दिए । त्यसका लागि सरकारले ४ अर्ब रुपैयाँ निकासा गरिसकेको बताइएको छ ।

आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानको सहभागितमा सागको १३ औं संस्करण मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ । २७ खेल मध्ये कुस्ती जनकपुरमा, ९ खेल पोखरा र बाँकी खेल काठमाडौं र ललितपुरमा हुनेछ ।
प्रचार प्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव रमेशकुमार सिलावले सागको प्रोमो र आधिकारिक वेभसाइट पनि सार्वजनिक गरेका थिए । साग आयोजक समितिका सदस्य–सचिव समेत रहेका सिलवालले १३ औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए ।

यसअघि सन् १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोश्रो स्थान हात पारेको थियो । सिलवालले साग नेपालीका लागि गौरवको विषय रहेको बताउदै यसलाई सफल पार्न सबै पक्षसंग आव्हान गरे । दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकाले त्यसपछि मात्र खेलाडीहरुको पूर्ण जानकारी प्राप्त हुने बताए ।

श्रेष्ठले प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको पनि बताए । सागमा २७ खेल ९बिच भलिबल र थ्री अन थ्री बास्केटबल० समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ । सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी सागका दौरान नेपाल आउने अनुमान गरिएको छ ।

फुटबल, भलिबल र क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । यद्दपी खेल संख्या घटेको खण्डमा पदक संख्या पनि घट्नेछ । ३ देश भन्दा कम सहभागी भएका खेल स्वतः हट्नेछन् ।

प्रतियोगिताको आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा तथा नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.