default_image

5 years ago

November 14, 2019

कप्तानीमा अरुणाको स्वर्णिम सुरुवात

236 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – अरुणा शाही नेपाली भलिबल इतिहासमा स्वर्ण पदकसहित ऐतिहासिक सफलता दिलाउने पहिलो कप्तान बनेकी छिन् ।

अरुणा कप्तान बनेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै टोलीलाई स्वर्णपदक दिलाउने कप्तान बनेकी हुन् । नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भिक टोलीमै नअटाएपछि नेपाल भलिबल संघले अरुणालाई गत महिना कप्तान नियुक्त गरेको थियो । यस्तै उनले आफ्नो कप्तानीमा टोलीलाई सेन्ट्रल जोनमा अपराजित र एक सेट पनि नगुमाईकन च्याम्पियन बनाउन सफल भइन् ।

अरुणा घरेलु भलिबलमा गण्डकी प्रदेशकी मात्रै नभई नेपाली राष्ट्रिय टोलीकै भरपर्दी खेलाडी हुन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् । प्रशिक्षक जगदीश भट्टले उनलाई यसपटक टोलीमा सेटरको भूमिकामा उतारेका थिए । झन्डै ४ महिना प्रशिक्षण र थाइल्याण्डमा मैत्रीपूर्ण खेलले उनलाई नयाँ भूमिकामा खेल्न सहज भएको थियो ।

अरुणाले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । अब उनकै कप्तानीमा नेपालले घरलु भुमिमा १३औं साग खेल्नेछिन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.