default_image

5 years ago

November 14, 2019

प्रतिभा प्रतियोगिताकै उत्कृष्ट स्पाइकर

285 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् ।  प्रतिभाले अफगानिस्तानविरुद्ध प्रतियोगिताको पहिलो खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् । उनीसँगै किर्गिस्तानकी मदिना किर्लान प्रतियोगिताको उत्कृष्ट सेटर भइन् । बंगलादेशकी बिठीले प्रतियोगिताको उत्कृष्ट ब्लकरको अवार्ड जितिन् ।

प्रतियोगितामा नेपाल च्याम्पियन बन्दा माल्दिभ्स उपविजेता बनेको हो । यो नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक समेत हो । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबलमा इतिहास रचेको हो

त्यसअघि तेस्रो स्थानको खेलमा किर्गिस्तानले बंगलादेशले हराएको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.