5 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई पराजित गर्दै किर्गिस्तानले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्यिनसिपमा तेस्रो स्थान हात पारेको छ ।
बिहीबार भएको खेलमा किर्गिस्तानले घरेलु टोलीमाथि ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । यससँगै किर्गिस्तानले लिग चरणको अन्तिम खेलमा बेहोरेको ३–२ को हारको समेत बदला लिएको छ । बुधबार भएको लिगको अन्तिम खेलमा किर्गिस्तान शुरुवाती दुई सेटमा अग्रता लिएर पनि २–३ को सेटमा पराजित भएको थियो ।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा किर्गिस्तानले पहिलो सेटमा २५–१३ को सहज जित निकालेको थियो । दोस्रो सेटमा किर्गिस्तानले २५–१४ को सहज जित निकाल्यो । तेस्रो सेटमा पनि किर्गिस्तान २५–१२ को सेटमा विजयी हुदै तेस्रो स्थान हासिल गर्न सफल भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी किर्गिस्तानकी कप्तान आइदाइ कादिरोभा प्लेयर अफ द म्याच बनिन् । च्याम्पियनसिपमा बंगलादेश चौथो तथा अंकविहीन बनेको अफगानिस्तान पाँचौ भयो ।
अहिले केहीबेरमा नेपालले उपाधिका लागि माल्दिभ्ससँग खेल्नेछ । यो खेलमा जित हात पारे नेपालले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्नेछ । बुधबार लिग राउन्डमा फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक स्वर्णपदक नजिक पुगेको हो ।
नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तीन कांस्यपदक जितेको छ । गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]