5 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपलब्धि नजिक रहेको छ ।
बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार माल्दिभ्सलाई पराजित गर्दै स्वर्णपदक हात पारे नेपाली महिला भलिबलले नेपाली भलिबललाई ऐतिहासिक उपलब्धि दिलाउने छ ।
बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक उपाधि नजिक पुगेको हो । नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो ।
त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा तीन कास्यपदक जितेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार यो सफलता हात पारे नेपाली टोलीले ऐतिहासिक सफलता हात पार्नेछ । फाइनल खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ ।
हुन त यो उपलब्धि नेपालले २०१४ मै पाएको थियो । घरेलु कोर्टमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको फाइनलमा बलियो प्रतिद्धन्द्धी भारतसँग चुकेपनि नेपालले त्यतिबेला नै रजतपदक जितेर ऐतिहासिक उपलब्धि दिलाएको थियो । त्यतिबेला नेपालले बलियो श्रीलंकालाई पराजित गरेको थियो ।
च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो । यतिमात्र होइन नेपालले सबै चार खेलमा कुनैपनि सेट गुमाएको छैन । राउन्ड रोविन लिगको अन्तिम खेलमा पाएको सफलताले नेपाली टोली बिहीबार उच्च मनोबलका साथ मैदान उत्रनेछ । यस्तोमा नेपाली टोलीलाई रजतपदक भन्दा माथि स्वर्ण जित्ने ऐतिहासिक अवसर छ ।
प्रतिभा माली, सरस्वती चौधरी माल्दिभ्सविरुद्ध नेपालको मुख्य हतियार हुनेछन् । उनीहरुलाई ब्याकमा रेश्मा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, मिडल ब्लकरमा साफिया पुुन, उषा कुमारी विष्ट र सुनिता खड्काले साथ दिनेछन् ।
माल्दिभ्समाथिको सहज जितसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बिहीबार पनि राम्रो प्रदर्शन गर्दै ऐतिहासिक स्वर्णपदक जित्ने बताएका छन् । ‘हाम्रो लक्ष्य सेन्ट्रल जोनमा स्वर्णपदक नै थियो । यसबाहेक हामी घरमै आयोजना हुने १३औं सागमा कसरी राम्रो खेल पस्कने भन्नेमा केन्द्रित छौं । सेन्ट्रल जोनलाई हामीले सागको तयारीको रुपमा हेरेका छौं । हामी ऐतिहासिक स्वर्णपदक नजिक छौं ।’
खेलपछि प्रशिक्षक भट्टले भने, ‘खेलाडीहरुले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । तर, आजको खेलमा म त्यति सन्तुष्ट छैन । अझै मेरा खेलाडीले् सोचेअनुरुपको खेल्न सकेको छैन । कमजोर प्रतिद्धन्द्धी भएर पनि हुन सक्छ । फाइनलमा यो भन्दा राम्रो प्रदर्शन हुनेछ । हामी माल्दिभ्सलाई अझै कम स्कोरमा रोक्न खेल्नेछौं ।’
त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]