5 years ago
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर तेस्रो सातादेखि नेपालमा आयोजना हुने १३औं सागको लागि अभ्यास र विशेष प्रशिक्षणका लागि भारतमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले घरेलु टोली भारतसँग हार बेहोरेको छ ।
बैंग्लोरस्थित साउदर्न साई कभर्ड हलमा बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोली भारतको राष्ट्रिय टोलीसँग ३–१ को सेटमा पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नेपालले १७–२५ ले गुमाएको थियो । दोस्रो सेटमा पनि नेपाल २०–२५ ले पछि परेको थियो । तेस्रो सेटमा नेपालले उच्च प्रदर्शन गर्दै २५–२३ को जित निकाल्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर, चौथो सेटमा नेपाली टोलीले भारतीय टोलीलाई २०–२५ ले नतिजा सुम्पियो ।
भारतीय भलिबल फेडेरेसनको निमन्त्रणामा १३औं सागको तयारीमा रहेको नेपालले भारतमा १० दिनको प्रशिक्षणका साथै अभ्यास खेल खेल्ने मौका पाएको हो । १० दिनको अवधिमा नेपाली टोलीले भारतीय टोलीसँग ३ अभ्यास खेल खेल्ने तालिका छ । अभ्यास र मैत्रीपुर्ण खेलका लागि नेपाली टोली गत शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
अब नेपालले शुक्रबार दोस्रो तथा सोमबार अन्तिम मैत्रीपुर्ण खेल खेल्नेछ । मैत्रीपुर्ण खेललाई सागको तयारीको रुपमा लिइएको छ । साग मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना तय छ । यसैबीच नेपाली टोलीका डच मुख्य प्रशिक्षक लेस्ले डि जोङल सोमबारै भारत पुगेर टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । उनको प्रशिक्षणमा नेपालले घरेल भुमिमा आयोजना हुने सागमा पदकको अपेक्षा गरिएको छ ।
नेपाली टोली
इम बहादुर राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरि हजुर थापा, टेकराज अवस्थी, हरि अधिकारी, दुर्गा खड्का, द्धारिका थापा, इश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरण सामरी क्षेत्री, कुलबहादुर थापा, रविन चन्द
लेस्ले डि जोङ – मुख्य प्रशिक्षक
वीरेन्द्र चौधरी – प्रशिक्षक
प्रज्ज्वल बहादुर सिंह – ट्रेनर
श्यामकृष्ण श्रेष्ठ – व्यवस्थापक
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]